ad ad

ग्लोबल


बैंककको एक होटलमा ६ मानिस मृत फेला, विष खुवाइएको आशंका

बैंककको एक होटलमा ६ मानिस मृत फेला, विष खुवाइएको आशंका

होटलमा अनुसन्धानका क्रममा थाई प्रहरी।


नेपालखबर
साउन २, २०८१ बुधबार ८:१, काठमाडौँ

थाइल्यान्डको राजधानी बैंककमा रहेको एउटा विलासी होटलको कोठामा भियतनामी मूलका कम्तीमा ६ जना मृत फेला परेका छन्।

सरकारका अनुसार मृतकमध्ये केही भियतनामी-अमेरिकी छन्। 

सुरुमा स्थानीय मिडियाले पाँच तारा ग्रान्ड हयात इरावान बैंककमा गोली चलेको उल्लेख गरेका थिए। तर प्रहरीले यसलाई अस्वीकार गर्दै गोलाबारीका कुनै प्रमाण फेला नपरेको बताएको छ। 

यद्यपि अहिले प्रहरीले ती व्यक्तिलाई विष खुवाइएको हुनसक्ने आशंका गरेको छ। तर पनि विष खाएको कुरा पुष्टि हुन सकेको छैन।

बीबीसीका अनुसार थाइल्यान्डका प्रधानमन्त्री श्रेथा थाविसिनले पनि घटनास्थल पुगेर मृत्युको छानबिन गर्न आदेश दिएका छन्।

प्रधानमन्त्रीले यो घटनाले देशको छवि र पर्यटनमा कुनै असर नहोस् भन्ने आफूले चाहेको बताएका छन्। 

ती व्यक्तिले केही खाए/नखाएको थाहा पाउन पोस्टमार्टम गरिने छ।

यसअघि थाई पब्लिक ब्रोडकास्टिङ सर्भिसले प्रहरीलाई उद्धृत गर्दै तीन महिला र तीन पुरुषको मृत्यु भएको जनाएको थियो।

प्रहरी मेजर जनरल थिराडेक थामसुथीले थाई पब्लिक ब्रोडकास्टिङ सर्भिससँग पीडितहरूलाई विष दिइएको बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .