ad ad

ग्लोबल


बाइडेनको अडान : म संसार चलाइरहेको छु, चुनावबाट पछि हट्दिनँ

बाइडेनको अडान : म संसार चलाइरहेको छु, चुनावबाट पछि हट्दिनँ

नेपालखबर
असार २३, २०८१ आइतबार १४:५८,

चौतर्फी दबाबका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले चुनावी प्रतिस्पर्धाबाट पछि नहट्ने अडान लिएका छन्। उनले आफू डोनाल्ड ट्रम्पसँग भिड्न मानसिक रूपले सक्षम रहेको दाबी गरेका छन्।

तर, यसले उनकै निकटस्थहरूलाई आश्वस्त तुल्याउन सकेको छैन। शुक्रबार उनले टीभीमा एक अन्तर्वार्ता दिएर पार्टीभित्रको विद्रोह साम्य पार्ने कोसिस गरे।

तर, त्यसो भएन।

‘उनको अन्तर्वार्तालाई आश्वस्त पार्नेगरी गतिलो थिएन। न जिल बाइडेनले नै उनलाई पछि हट्न आग्रह गर्नुपर्नेगरी कमजोर नै थियो,’ डेमोक्र्याट पार्टीका एक नेताको भनाइ फाइनान्सियल टाइम्सले उधृत गरेको छ।

यो विषयमा उनकी पत्नी निर्णायक रहेको बताइन्छ। 

पार्टीका भित्रियाहरूले सार्वजनिक रूपमै बाइडेनलाई प्रतिस्पर्धा छाड्न आग्रह गरिरहेका छन्। सार्वजनिक रूपमा उनलाई समर्थन गरिरहेका कतिपयले निजी तवरले भने पछि हट्न भनेको पनि बताइन्छ।

‘राष्ट्रपति बन्न वा यो प्रतिस्पर्धा जित्न मजति योग्य अरु कोही छैन,’ अन्तर्वार्तामा बाइडेनले दाबी गरेका थिए। 

मानसिक क्षमताको परीक्षण गर्न तयार हुनुहुन्छ भन्ने प्रश्नलाई भने उनले छले।

‘म हरेक दिन यो परीक्षण गरिरहेको छु,’ उनले भने, ‘म अहिले चुनाव मात्र लडिरहेको छैन, म यो संसार चलाइरहेको छु। उदाहरणका लागि, यहाँ आउनुअघि म फोनमा प्रधानमन्त्री.. सबै भन्न त नहुने हो, नेतन्याहुसँग कुरा गरिरहेको थिएँ। बेलायतका नयाँ प्रधानमन्त्रीसँग कुरा गरिरहेको थिएँ।’

आफूलाई कसैले पनि प्रतिस्पर्धा छाड्न राजी गराउन नसक्ने उनको भनाइ थियो।

‘यदि सर्वशक्तिमान ईश्वरले भने भने म छाड्न सक्छु,’ उनले भने। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .