ad ad

ग्लोबल


इरानमा राष्ट्रपति चुन्न फेरि गर्नुपर्ने भयो चुनाव

इरानमा राष्ट्रपति चुन्न फेरि गर्नुपर्ने भयो चुनाव

नेपालखबर
असार १६, २०८१ आइतबार १९:२, काठमाडौँ

इरानमा राष्ट्रपति चुन्न दोहोर्‍याएर चुनाव गर्नुपर्ने भएको छ।

शुक्रबार भएको राष्ट्रपतीय निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि पुनः मतदान गर्नुपर्ने भएको हो। 

बीबीसीका अनुसार इरानको आन्तरिक मन्त्रालयले राष्ट्रपतिका लागि जुलाई ५ मा पुनः निर्वाचन हुने पुष्टि गरेको छ।

शुक्रबारको मतादनमा मसुद पेजेस्कियानले सबैभन्दा बढी मत पाए पनि बहुमत ल्याउन सकेनन्। राष्ट्रपतिमा विजयी हुन चुनाव ५० प्रतिशत मत चाहिन्छ।

कट्टरपन्थी उम्मेदवार सइद जलिली र सुधारवादी मानिने प्रतिद्वन्द्वी मसुद पेजेस्कियान दुवैले राष्ट्रपतिको दौडमा बहुमत पाएनन्। 

शुक्रबार मतदान निकै कम भएको थियो। संवाददाताहरूका अनुसार यसले इरानको सरकारी प्रणालीप्रति बढ्दो असन्तुष्टि देखाउँछ।

इरानका तत्कालीन राष्ट्रपति इब्राहिम रायसी हेलिकोप्टर दुर्घटनामा परी बितेपछि इरानमा राष्ट्रपति पद खाली भएको हो। सोही कारण निर्वाचन गर्नुपरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .