ad ad

ग्लोबल


पेरुमा ७.२ म्याग्निच्युडको भूकम्प, तटीय क्षेत्रमा सामुद्रिक छाल बढ्ने खतरा

पेरुमा ७.२ म्याग्निच्युडको भूकम्प, तटीय क्षेत्रमा सामुद्रिक छाल बढ्ने खतरा

फाइल तस्बिर


रासस/एएफपी
असार १४, २०८१ शुक्रबार १३:२५, लिमा, पेरु

पेरुको मध्य तटीय क्षेत्रमा शुक्रबार ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) ले जनाएको छ।

यूएसजीएसका अनुसार अतिकिपा जिल्लाबाट ८.८ किलोमिटरको दुरी (१५.९० डिग्री अक्षांश र ७४.३५ डिग्री देशान्तर) मा ३० किलोमिटरको गहिरइमा भूकम्पको केन्द्रविन्दू रहेको जनाएको छ।

‘प्यासिफिक सुनामी वार्निङ सेन्टर’ ले भूकम्पपछि तत्काल दिएको सूचनामा सुनामीको कुनै खतरा नरहेको बताए पनि आफ्नो पूर्व सूचनामा संशोधन गर्दै पछि ‘केही तटमा तीन मिटरसम्मको छाल आउन सक्ने’ चेतावनी दिएको छ।

भूकम्पबाट भौतिक संरचनामा भएको क्षतिको विवरण तत्काल उपलब्ध नभएको तर भूकम्पको ठूलो धक्का महसुस गरिएकाले केन्द्रबिन्दु आसपासका क्षेत्रमा मानवीय तथा भौतिक संरचनामा क्षति पुगेको हुनसक्ने अनुमान गरिएको छ।

भूकम्प प्रभावित क्षेत्रको थप विवरण सङ्कलन भइरहेको पेरुका सरकारी अधिकारीहरूले जनाएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .