दक्षिण कोरियाका एक उच्च अधिकारीले दक्षिण कोरियाले युक्रेनलाई हतियार दिनेबारे विचार गर्न सक्ने बताएका छन्।
यसअघि पनि दक्षिण कोरियाले रुसले उत्तर कोरियालाई हतियार दिने योजना अघि बढाए युक्रेनलाई हतियार दिनेबारे विचार गर्ने चेतावनी दिएको थियो।
दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चाङ हो-जिनले दक्षिण कोरियाको निर्णय रुसले के गर्छ, त्यसमा भर पर्ने बताएका छन्।
शुक्रबार दक्षिण कोरियाले रुसका राजदूतलाई बोलाएर उत्तर कोरियासँगको नयाँ रक्षा सम्झौताको विरोध गरेको थियो।
सम्झौताका सर्तअनुसार रुस र उत्तर कोरियाले कुनै एक देशमध्ये कसैलाई आक्रमण भए एकले अर्कोलाई सहयोग गर्ने छन्।
दक्षिण कोरिया हतियार र गोला बारुदको ठूलो उत्पादक पनि हो। यसले युक्रेनलाई युद्धका बेला धेरै उपकरण उपलब्ध गराएको छ।
तर, अहिलेसम्म उसले युक्रेनलाई कुनै पनि घातक हतियार दिएको छैन।
दक्षिण कोरियाले युद्धमा संलग्न कुनै पनि देशलाई हतियार नदिने नीति अवलम्बन गरेको छ।
Shares
प्रतिक्रिया