रुसले बिहीबार राति क्रिमिया र रुसका केही क्षेत्रमा युक्रेनले गरेको ठूलो आक्रमणलाई असफल बनाएको जनाएको छ।
बीबीसीका अनुसार रुसले सयभन्दा बढी ड्रोन र ६ वटा मानवरहित डुङ्गा नष्ट गरेको दाबी गरेको छ।
सबैभन्दा गम्भीर हमला दक्षिणी रुसको क्रास्नोडार क्षेत्रमा भएको रुसको दाबी छ।
अनलाइनमा पोस्ट गरिएको भिडिओले उक्त क्षेत्रको येइस्कमा रहेको सैन्य एयर बेसनजिकै आगलागी भएको देखाएको छ।
क्रास्नोडार अधिकारीहरूले सैन्य अड्डानजिकैका घटनाबारे कुनै टिप्पणी गरेका छैनन् तर इल्स्की नजिकैको तेल रिफाइनरीको प्रशासनिक भवनमा आगलागी भएको बताएका छन्।
अधिकारीहरूका अनुसार आगो निभाइएको छ भने घटनामा दुई जना घाइते भएका छन्।
स्थानीय गभर्नरका अनुसार क्रास्नोडार सहरमा भग्नावशेषबाट खसेर एक जनाको मृत्यु भएको छ।
243
Shares
प्रतिक्रिया