ad ad

ग्लोबल


सिख नेताको हत्याको षड्यन्त्र रचेको आरोप लागेका भारतीय अमेरिका सुपुर्द

सिख नेताको हत्याको षड्यन्त्र रचेको आरोप लागेका भारतीय अमेरिका सुपुर्द

नेपालखबर
असार ३, २०८१ सोमबार १३:२५,

न्युयोर्कमा एक अमेरिकी नागरिकको हत्या गर्ने षड्यन्त्र रचेको आरोप लागेका भारतीयलाई अमेरिका सुपुर्द गरिएको छ। 

निखिल गुप्ता नामक ती व्यक्तिले अमेरिकामा बस्ने सिख पृथकतावादी नेता गुरपतवन्त सिंह पन्नुको हत्या गराउन खोजेको आरोप अमेरिकी सरकारले गत वर्ष लगाएको थियो।

अमेरिकी अधिकारीहरुको आग्रहमा गुप्तालाई चेक रिपब्लिकमा पक्राउ गरिएको थियो। हालसम्म उनी प्रागस्थित एक जेलमा थिए।

गत महिना चेक रिपब्लिकको संवैधानिक अदालतले उनको सुपुर्दगीविरुद्धको निवेदन खारेख गरिदिएको थियो।

अहिले उनी ब्रुकलिनमा हिरासतमा रहेको बताइएको छ।

सोमबार उनलाई अदालतमा उपस्थिति गराउँदैछ। उनीविरुद्धको आरोप पुष्टि भएमा २० वर्षसम्मको जेल सजाय हुन सक्छ।

अभियोक्ताहरुले उनले चार सिख नेताको हत्याको षड्यन्त्र रचेको आरोप लगाएका छन्।

आरोप अनुसार गुप्ताले पन्नुको हत्याका लागि भाडाका सुटरलाई १ लाख डलर भुक्तानी गरेका थिए। 

यो विषयले अमेरिका र भारतबीच कूटनीतिक तनाव सिर्जना गरेको थियो। यसअघि क्यानडाले एक सिख नेताको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाएको थियो।

तर, भारतले यसमा सरकारको संलग्नता नरहेको बताएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .