भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिएका छन्। राष्ट्रपति भवनमा आइतबार साँझ आयोजित एक भव्य समारोहमा छिमेकी राष्ट्र प्रमुख, सरकार प्रमुख तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थितिसहित मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष प्रधानमन्त्री पदको शपथ लिएका हुन्।
मोदीले आफ्नो तेस्रो कार्यकालमा आफ्ना पुराना विश्वास पात्रहरूलाई क्याबिनेटमा दोहोर्याएका छन्। मोदीपछि दोस्रो नम्बरमा राजनाथ सिंह र तेस्रोमा अमीत शाहले शपथ लिएका छन्। सिंह अघिल्लो मन्त्रिमण्डलमा रक्षामन्त्री थिए भने शाह गृहमन्त्री थिए। भारतीय जनता पार्टीका अध्यक्षसमेत भइसकेका उनीहरूलाई मोदीका वरिष्ठ सहयोगी मानिन्छ।
त्यस्तै एस जयशंकर र निर्मला सीतारमण लगायतले पनि मन्त्रीको शपथ लिएका छन्। उनीहरू यसअघि विदेश र अर्थमन्त्री थिए। मोदी क्याबिनेटमा दोहोरिएका यी सबैले पुरानै जिम्मेवारी पाउने ठानिएको छ।
Shares
प्रतिक्रिया