ad ad

ग्लोबल


गाजामा इजरायलको हवाई हमला, राष्ट्रसंघको विद्यालयमा बसेका ३५ विस्थापितको मृत्यु

गाजामा इजरायलको हवाई हमला, राष्ट्रसंघको विद्यालयमा बसेका ३५ विस्थापितको मृत्यु

घटनास्थल


नेपालखबर
जेठ २४, २०८१ बिहिबार २२:२७, काठमाडौँ

इजरायली हवाई आक्रमणमा मध्य गाजामा रहेको संयुक्त राष्ट्र संघको विद्यालयमा बस्ने ३५ विस्थापित प्यालेस्टिनीको मृत्यु भएको छ।

इजरायलले कक्षाकोठाको माथिल्लो तलामा दुईवटा मिसाइल प्रहार गरेको स्थानीय पत्रकारहरूले बीबीसीलाई बताएका छन्।

इजरायली सेनाले भनेको छ- विद्यालयको हमास कम्पाउण्डमा २० देखि ३० लडाकुहरू रहेको आशंका गरिएको थियो र उनीहरू यस हमलामा मारिएका छन्।

गाजास्थित हमास सरकारको मिडिया कार्यालयले इजरायलको दाबीलाई अस्वीकार गर्दै आक्रमणलाई भयानक नरसंहा भनेको छ।

प्यालेस्टाइनमा विस्थापित व्यक्तिका लागि विद्यालय सञ्चालन गर्ने संयुक्त राष्ट्रसंघीय निकायका प्रमुखले यसलाई ‘हृदयविदारक’ घटना भनेका छन्।

उनले शरणार्थी शिविरमा लडाकुको उपस्थिति रहेको दाबी अचम्मको र पुष्टि गर्न नसकिने बताए।

इजरायली सेनाले गत हप्ता मध्य गाजामा नयाँ सैन्य कारबाही सुरु गरेको थियो।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली आक्रमणका कारण ३६ हजार ४०० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .