ad ad

खेल


विश्वकप छनोट : यूएईविरुद्ध पहिलो हाफमा नेपाल २–० ले पछि

विश्वकप छनोट : यूएईविरुद्ध पहिलो हाफमा नेपाल २–० ले पछि

नेपालखबर
जेठ २४, २०८१ बिहिबार २२:५०, काठमाडौँ

फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को दोस्रो चरण छनोटअन्तर्गत संयुक्त अरब इमिरेन्टस् (युएई) विरुद्धको दोस्रो लेगको पहिलो हाफमा नेपाल २–० ले पछि परेको छ। 

साउदी अरबको प्रिन्स मोहम्मद विन फैद स्टेडियममा खेलको पहिलो हाफ सकिदा नेपाल २–० ले पछि परेको हो। 

यूएईका लागि दुबै गोल हरिब अब्दुल्लाह सुहेलले गरे। खेलको १२औँ मिनेटमा हरिब अब्दुल्लाह सुहेलको हेडर गोलमा युएईले सुरुवाती अग्रता बनाएको थियो। अब्दुल्लाह एड्रिसको क्रसमा उनले आकर्षक हेडर गोल गरेका हुन्। 

त्यसको दुई मिनेटमा नै सुहेलले दोस्रो व्यक्तिगत गोल गर्दै युएईको अग्रता दोब्बर पारे। उनले अलि सलेहको पासमा बललाई पोष्टको जाली चुमाएका थिए। 

खेलको २१औँ मिनेटमा मोहम्मद अब्बासको फितलो प्रहार गोलरक्षक तथा कप्तान किरण चेम्जोङले सहजै बचाए। २२औँ मिनेटमा अल मन्सुरीको क्रस डिफेन्डर रोहित चन्दले क्लीयर गरे। 

खेलको ३७औँ मिनेटमा सनिस श्रेष्ठको क्रस सन्जिवको हेडर क्रसबारमा लाग्दै फर्किएको बललाई अविशाल बस्नेतको हेडर क्रसबारमा लाग्दै बाहिरिँदा नेपालले गोल फर्काउने सुन्दर मौका गुमायो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .