राम मन्दिर प्राणप्रतिष्ठा गरिएको अयोध्या रहेको फैजावाद क्षेत्रमा सत्तारुढ भाजपाले चुनाव हारेको छ।
भाजपा उम्मेदवार तथा यसअघिका सांसद लल्लु सिंहले हार स्वीकार गरेका छन्।
‘हामीले तपाईंहरुको सम्मान बचाउन सकेनौँ,’ उनले भनेका छन्।
यो क्षेत्रमा समाजवादी पार्टीका अवधेश प्रसादले जितेका छन्।
भर्खरै राम मन्दिर उद्घाटन गरिएको यो क्षेत्रमा भाजपा बलियो रहेको आकलन गरिएको थियो।
771
Shares

प्रतिक्रिया