भारतका शक्तिशाली गृहमन्त्री अमित शाह विशाल मतान्तरले अगाडि देखिएका छन्।
गुजरातको गान्धीनगरबाट उनी चुनाव लडिरहेका छन्। यो सिट १९८४ देखि नै भाजपाको हातमा छ।
हालसम्मको गणनाअनुसार उनी निकटतम प्रतिद्वन्द्वी कंग्रेसकी सोनल पटेलभन्दा ७ लाख मतले अगाडि देखिन्छन्।
५९ वर्षीय शाहलाई कम्तीमा १० लाख मतले जिताउने लक्ष्य भाजपाको छ।
अघिल्लो पटक ५ लाख मतअन्तरले उनले जितेका थिए।
यसअघि यो सिटमा १९९१ देखि २०१४ सम्म लालकृष्ण आडवाणीले जितेका थिए। एजेन्सी
561
Shares

प्रतिक्रिया