सिन्धुलीमा निर्माणाधीन पुलको फर्मा भत्किँदा त्यहाँ काम गर्ने चार जना श्रमिक घाइते भएका छन्।
मंगलबार बिहान साढे १० बजे हरिहरपुरगढी गाउँपालिका ७ स्थित क्यानखोलामा निर्माण भईरहेको गाडी चल्ने पक्की पुलमा काम गर्ने क्रममा पुलको फर्मा पल्टिएको प्रहरीले जानकारी दिएको छ।
घाइते हुनेमा पर्सा बहुदमाही नगरपालिका ५ का ३३ वर्षीय मनोज महतो, सोही ठाउँका ४५ वर्षीय बिनोद महतो, ४५ वर्षकै अमलदेव महतो र सिन्धुलीको हरिहरपुरगढी ७ का ५० वर्षीय मदन घलान घाइते भएका हुन्।
घाइते कामदारहरूलाई उपचारका लागी नारायणी अस्पताल वीरगन्ज पठाइएको र अवस्था खतरामुक्त रहेको पनि प्रहरीले जनाएको छ।
उनीहरुको उपचारका लागि ठेकेदारसँग पनि समन्वय गरिरहेको प्रहरीले जानकारी दिएको छ।
90
Shares

प्रतिक्रिया