भारतको लोकसभा चुनावको नतिजा सार्वजनिक भइरहेको छ। तर, ५४३ सिटमध्ये ५४२ सिटको नतिजा मात्र आज आउँदैछ।
एक सिटको नतिजा चुनाव नहुँदै पक्का भइसकेको थियो।
अप्रिल महिनामै उनी विजेता भइसकेका थिए।
उनी हुन् गुजरात राज्यको सुरत सिटका भाजपा उम्मेदवार मुकेश दलाल।
विपक्षी कंग्रेसका दुई जना उम्मेदवारको मनोनयनमा हस्ताक्षर नमिलेको भन्दै निर्वाचन कार्यालयले उम्मेदवारी खारेज गरिदिएको थियो।
त्यसबाहेक अन्य ८ उम्मेदवारले प्रतिस्पर्धाबाटै हात झिकेका थिए।
त्यसमध्ये एक उम्मेदवारलाई सोधिएको थियो– तपाईं किन उम्मेदवारी फिर्ता लिँदै हुनुहुन्छ?
उनको जवाफ थियो– ‘घरमा महत्वपूर्ण काम प¥यो।’
त्यसैले दलाल चुनाव नहुँदै निर्वाचित भइसकेका थिए।
1.4k
Shares
प्रतिक्रिया