ad ad

ग्लोबल


मेक्सिकोले चुन्यो पहिलो महिला राष्ट्रपति

मेक्सिकोले चुन्यो पहिलो महिला राष्ट्रपति

नेपालखबर
जेठ २१, २०८१ सोमबार १८:४७,

मेक्सिको राष्ट्रपतीय चुनावमा क्लोडिया सिनबाम निर्वाचित भएकी हुन्। उनी सो मुलुकको पहिलो महिला राष्ट्रपति बन्ने भएकी छन्।

उनले झण्डै ६० प्रतिशत मत प्राप्त गर्ने देखिएको छ। ६१ वर्षीया सिनबाम मेक्सिको सिटीकी पूर्वमेयर हुन्।

उनका प्रतिस्पर्धी व्यापारी सोचिल गाल्वेजलाई उनले फराकिलो अन्तरले हराएकी हुन्।

सिनबामले आफ्ना गुरु तथा राष्ट्रपति आन्द्रे म्यानुएल लोपेज ओब्राडोरलाई अक्टोबर १ मा विस्थापित गर्नेछिन्।

पूर्वउर्जावैज्ञानिक सिनबामले लोपेज ओब्राडोरकै कार्यक्रमलाई निरन्तरता दिने वाचा गरेकी छन्।

कार्यकाल सकिन लागेका ओब्राडोर निकै लोकप्रिय छन्।

विजय भाषणमा सिनबामले भनिन्, ‘मेक्सिकन गणतन्त्रको २ सय वर्षको इतिहासमा म पहिलो महिला राष्ट्रपति बन्नेछु। मैले सुरुदेखि भनेकी छु, यो मेरो मात्रै जित होइन, सबै महिलाको जित हो।’

राष्ट्रपतिमा चुनाव लड्नुअघि उनी मेक्सिको सिटी सहरकी मेयर थिइन्। यो राजनीतिक रुपले निकै प्रभावशाली पद मानिन्छ। 

उनका बुवापट्टिको परिवार लिथुवानिया र आमापट्टिको परिवार बुल्गेरियाबाट मेक्सिको सरेका हुन्।

उनका आमाबुवा दुवै वैज्ञानिक थिए। उनले पनि भौतिकशास्त्र अध्ययन गरेर उर्जा इन्जिनियरिङमा पीएचडी गरेकी छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .