ad ad

ग्लोबल


अन्तर्राष्ट्रिय अदालतमा हमाससँगै आफूविरुद्ध पनि पक्राउ पुर्जी माग भएपछि इजरायली प्रधानमन्त्रीको आपत्ति

अन्तर्राष्ट्रिय अदालतमा हमाससँगै आफूविरुद्ध पनि पक्राउ पुर्जी माग भएपछि इजरायली प्रधानमन्त्रीको आपत्ति

नेपालखबर
जेठ ८, २०८१ मंगलबार ९:१६, काठमाडौँ

अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजकहरूले हमास नेताहरूसँगै आफूविरुद्ध पनि पक्राउ पुर्जीको माग गरेपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आपत्ति प्रकट गरेका छन्।

नेतान्याहुले भनेका छन्, ‘लोकतान्त्रिक इजरायललाई सामूहिक हत्याराहरूसँग तुलना गर्ने कुरालाई हामी खारेज गर्छौँ।’

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि नेतान्याहुको भनाइ दोहोर्‍याएका छन्। बाइडेनले इजरायल र हमासबीच कुनै तुलना हुन नसक्ने जिकिर गरेका हुन्।

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का प्रमुख अभियोजक करिम खानले गाजामा भएको युद्ध अपराधका लागि इजरायलका प्रधानमन्त्री नेतान्याहु र रक्षामन्त्री याव गालान्टलाई जिम्मेवार ठहराउन सक्ने कारणहरू रहेको दाबी गरेका छन्। 

आईसीसीले गाजामा हमास नेता याह्या सिनवारविरुद्ध पनि युद्ध अपराधका लागि वारेन्ट मागेको छ।

इजरायल र यसको महत्त्वपूर्ण सहयोगी अमेरिका आईसीसीका सदस्य छैनन्। यो अदालत सन् २००२ मा स्थापना भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .