ad ad

ग्लोबल


रुसले पेल्न थालेपछि युक्रेनी राष्ट्रपतिद्वारा विदेश भ्रमण रद्द

रुसले पेल्न थालेपछि युक्रेनी राष्ट्रपतिद्वारा विदेश भ्रमण रद्द

नेपालखबर
जेठ २, २०८१ बुधबार १९:८,

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आगामी दिनमा तय भएका वैदेशिक यात्रा रद्द गरेका छन्। 

रुसले खार्कोव क्षेत्रमा पेल्दै ल्याएपछि उनले बुधबार यस्तो निर्णय गरेका हुन्।

‘भ्लादिमिर जेलेन्स्कीले आउँदा दिनमा तय भएका उहाँका अन्तर्राष्ट्रिय कार्यक्रम पछि सार्न निर्देशन दिएको छ,’ उनको कार्यालयले भनेको छ।

खार्कोव क्षेत्रमा केही दिनयता भीषण लडाइँ भइरहेको बताइएको छ। 

हालै रुसले चार वटा गाउँ कब्जा गरेको बताएको छ। रुसले पछिल्लो समय एफएबी–१५०० बमबाट आक्रमण बढाएको र जसका कारण युक्रेनले क्षति बेहोर्नुपरेको बताइएको छ।

यो गाइडेड ग्लाइड बम हो। जसको तौल १.५ टन हुन्छ। मंगलबार मात्र रुसले २० भन्दा बढी निसानामा सो बम प्रहार गरेको बताइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .