ग्लोबल


गाजामा इजरायली आक्रमणविरुद्ध अमेरिकाकाका विश्वविद्यालयमा प्रदर्शन, सयौँ विद्यार्थी पक्राउ

गाजामा इजरायली आक्रमणविरुद्ध अमेरिकाकाका विश्वविद्यालयमा प्रदर्शन, सयौँ विद्यार्थी पक्राउ

नेपालखबर
बैशाख १४, २०८१ शुक्रबार ७:२२, काठमाडौँ

गाजामा इजरायलले गरेको आक्रमणको विरोधमा प्रदर्शन गरेको आरोपमा अमेरिकी विश्वविद्यालयका क्याम्पसमा सयौँ विद्यार्थी पक्राउ परेका छन्।

देशका धेरै विश्वविद्यालयमा विद्यार्थीहरू कक्षा कोठाबाट बाहिर निस्केर गाजामा इजरायलको सैन्य कारबाहीको विरोध गरिरहेका छन्। उनीहरू विभिन्न ठाउँमा धर्नामा पनि बसेका छन्।

अमेरिकामा बीबीसीको सम्बद्ध समाचार च्यानल ‘सीबीएस’ले बोस्टन प्रहरीलाई उद्धृत गर्दै इमर्सन कलेजमा गएरातिदेखि १०८ जना विद्यार्थीलाई पक्राउ गरिएको जनाएको छ। यसअघि लस एन्जलसको युनिभर्सिटी अफ सदर्न क्यालिफोर्नियामा ९३ जनालाई पक्राउ गरिएको थियो।

टेक्सासको अस्टिन नजिक पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। यस अवधिमा ३४ जना पक्राउ परेका छन्। गाजामा इजरायली कारबाहीको विरोध गरिरहेका मानिसहरूलाई कोलम्बिया, येल र न्युयोर्क विश्वविद्यालयमा पनि पक्राउ गरिएको थियो। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यी विरोध प्रदर्शनप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .