अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सुनुवाइ चलिरहेको म्यानहटन अदालतबाहिर एक व्यक्तिले आफैँलाई आगो लगाएका छन्। उनको मृत्यु भएको छ।
३७ वर्षीय म्याक्सवेल अजारेलोले आत्मदाह गरेका थिए। त्यसअघि उनले पर्चा छरेका थिए।
उनी फ्लोरिडाबाट गत साता न्युयोर्क आइपुगेको प्रहरीको भनाइ छ।
उनलाई घाइते अवस्थामा अस्पताल पुर्याइएको र अस्पतालले मृत घोषित गरेको बताइएको छ।
अदालतमा केही दिनयता ट्रम्पले पोर्नस्टार स्टोर्मी ड्यानियल्सलाई पैसा दिएको विषयमा मुद्दा चलिरहेको छ।
अमेरिकी इतिहासमा पहिलो पल्ट ट्रम्पले आपराधिक आरोप सामना गरिरहेका छन्।
सो घटनाका बेला ट्रम्प अदालतभित्रै थिए। एजेन्सी
234
Shares
प्रतिक्रिया