अमेरिकाले पाकिस्तानको ब्यालेस्टिक मिसाइल कार्यक्रमका लागि आवश्यक सामग्री उपलब्ध गराउने चार कम्पनीलाई प्रतिबन्ध लगाएको छ।
अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी दिएको जानकारीअनुसार चीनका तीन र रुसका एक कम्पनीलाई प्रतिबन्ध लगाइएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘प्रतिबन्ध लगाइएका तीन चिनियाँ कम्पनीहरूमा सियान लङ्दे टेक्नोलोजी डेभलपमेन्ट कम्पनी लिमिटेड, तियानजिन क्रिएटिभ सोर्स इन्टरनेसनल ट्रेड कम्पनी लिमिटेड र ग्रानपेक्ट कम्पनी लिमिटेड छन्। रुसको मिन्स्क ह्विल ट्रयाक्टर प्लान्टमा पनि प्रतिबन्ध लगाइएको छ।’
192
Shares
प्रतिक्रिया