ग्लोबल


अमेरिकाको न्युयोर्कमा भूकम्प, फेरि आउन सक्ने चेतावनी

अमेरिकाको न्युयोर्कमा भूकम्प, फेरि आउन सक्ने चेतावनी

नेपालखबर
चैत २३, २०८० शुक्रबार २२:२४, काठमाडौँ

अमेरिकाको न्युयोर्कमा शुक्रबार भूकम्प गएको छ। 

स्थानीय समयासार शुक्रबार बिहान १०:२३ बजे ४.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ।

न्युयोर्क सहरबाट करिब ६४ किलोमिटर टाढा न्युजर्सीनजिक केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का बोस्टन र फिलाडेल्फियासम्म महसुस गरिएको छ।

यसबाट अहिलेसम्म कुनै प्रकारको क्षतिबारे जानकारी नआएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। 

यसैबीच भूकम्पपछि न्युयोर्क सिटीले अलर्ट जारी गर्दै परकम्प आउनसक्ने चेतावनी दिएको छ। यूएस जियोलोजिकल सर्भेले पनि कम्तीमा एउटा परकम्प आउनसक्ने अनुमान गरेको छ।

न्युयोर्क सिटीले न्युयोर्कवासीलाई घरभित्रै बस्न सुझाव दिएको छ भने कोही घाइते भएमा ९११ मा फोन गर्न आग्रह गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .