ad ad

ग्लोबल


बाल्टिमोर पुल दुर्घटनाः नदीमा बेपत्ता ६ जनाको मृत्यु भएको अनुमान

बाल्टिमोर पुल दुर्घटनाः नदीमा बेपत्ता ६ जनाको मृत्यु भएको अनुमान

पानीजहाजको ठक्करले भताभुंग बाल्टिमोरस्थित पुल (अन्तिममा भिडिओ पनि छ)।


नेपालखबर
चैत १४, २०८० बुधबार ७:२२, काठमाडौँ

अमेरिकी राज्य मेरिल्यान्डको बाल्टिमोरस्थित पुलमा पानीजहाज ठोक्किएपछि भएको दुर्घटनामा उद्धार गर्ने क्रम अहिलेलाई रोकिएको छ। 

अमेरिकी कोस्ट गार्ड अधिकारीहरूले नदीमा खसेर बेपत्ता ६ जना कामदारको मृत्यु भएको अनुमान गरेका छन्।

जहाजको ठक्करले पुल भत्किँदा पुलको खाल्डो भर्ने काममा व्यस्त रहेका उनीहरू नदीमा खसेका थिए। 

उनीहरू सबै बेपत्ता छन् र अवस्था हेर्दा उनीहरू जीवितै हुने सम्भावना कम रहेको बताइएको छ। 

बीबीसीका अनुसार स्थानीय समय मंगलबार राति १:३० बजे बाल्टिमोर सहरस्थित ‘फ्रान्सिस स्कट कि ब्रिज’मा पानीजहाज ठोक्किँदा पुलको ठूलो भाग भत्किएको हो।

बाल्टिमोर बन्दरगाहबाट मंगलबार राति १२:४४ बजे श्रीलंकातर्फ गइरहेको जहाज बाटो बिराएर पुलको स्तम्भमा ठोक्किन पुगेको थियो।

पानीजहाजको ठक्करले बाल्टिमोरस्थित पुल भत्किँदै गरेको भिडिओ हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .