ad ad

बागमती


आज पनि काठमाडौँ उपत्यकामा मेघगर्जनसहित वर्षाको सम्भावना

आज पनि काठमाडौँ उपत्यकामा मेघगर्जनसहित वर्षाको सम्भावना

प्रतिकात्मक तस्बिर


नेपालखबर
चैत १४, २०८० बुधबार ७:५६, काठमाडौँ

देशका विभिन्न स्थानसँगै काठमाडौँ उपत्यकाको मौसम पनि आज बिहानैदेखि बदली भएको छ।  

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार यतिबेला (बुधबार बिहान) उपत्यकाको मौसम आंशिक बदली छ। भनेको २६ देखि ५० प्रतिशतसम्म आकाश बादलले ढाकिएको छ। 

‘बादल विकास भइरहेको छ, आज पनि काठमाडौँ उपत्यकामा हल्का खालको वर्षा हुने सम्भावना छ’, उनले भने, ‘दिउँसो, साँझतिर मेघगर्जन/चट्याङसहित पानी पर्ने सम्भावना देखिन्छ।’

यसैबीच आज बिहानको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस देखिएको छ। ‘अधिकतमचाहिँ आज २४ देखि २६ डिग्री सेल्सियससम्म रहने अनुमान गरेका छौँ’, मौसमविद् अर्यालले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .