ग्लोबल


गुजरातमा मोदीले उद्घाटन गरे भारतकै सबैभन्दा लामो पुल

गुजरातमा मोदीले उद्घाटन गरे भारतकै सबैभन्दा लामो पुल

नेपालखबर
फागुन १३, २०८० आइतबार १२:५९, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गृहनगर गुजरातमा देशको सबैभन्दा लामो पुलको उद्घाटन गरेका छन्। २ किलोमिटर ३२० मिटर लामो यो पुलले बेट द्वारका दीपलाई ओखासँग जोड्नेछ।

समाचार एजेन्सी एएनआईका अनुसार यसअघि यस पुललाई सिग्नेचर ब्रिजका नाममा चिनिन्थ्यो। अब यसलाई 'सुदर्शन सेतु' नाम दिइएको छ।

बेट द्वारका मुख्य द्वारका सहरबाट करिब ३० किलोमिटर पर ओखा बन्दरगाह नजिक एक टापु छ। भगवान् श्रीकृष्णको प्रसिद्ध द्वारकाधीश मन्दिर यहीँ अवस्थित छ।

मोदीले उद्घाटनअघि यस पुललाई 'गुजरातको विकास यात्राको एक अहम अवसर' भनेका छन्। उनले बेट द्वारका मन्दिरमा पूजाअर्चना पनि गरेका छन्।

यस पुललाई यहाँका बासिन्दा र द्वारकाधीश मन्दिरमा आउने श्रद्धालुका लागि धेरै महत्त्वपूर्ण मानिएको छ।

ओखा र बेट द्वारकाबीच आउन जान सहज बनाउनका लागि यस परियोजनाको शुरुवात सन् २०१७ मा भएको थियो। पहिले डुंगाबाट मात्रै यस द्वीपमा जान सकिन्थ्यो।

यस पुलको निर्माणमा ९७८ करोड भारतीय रुपैयाँ खर्च भएको छ। यस पुलमा सोलर प्यानल पनि लगाइएको छ। जसबाट एक मेगावाट बिजुली निस्किन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .