समाज


साँखु–फड्केश्वर सडकबारे सोविताले भनिन् : कसैको मृत्यु भए राज्यले गरेको हत्या हुनेछ

प्रदेश संरचनामाथि उठाइन् प्रश्न
साँखु–फड्केश्वर सडकबारे सोविताले भनिन् : कसैको मृत्यु भए राज्यले गरेको हत्या हुनेछ

फाइल तस्बिर


नेपालखबर
फागुन १३, २०८० आइतबार १३:१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले साँखु–फड्केश्वर सडकखण्डस्थित नांग्लेभारेमा सडक भासिएको ६ महिनाभन्दा बढी भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन्। 

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले आफूले लगातार यस विषयमा सरकारसँग सोधखोज गर्दा पनि काम हुन नसकेको बताएकी छिन्। 

उक्त ठाउँमा कुनै पनि बेला पहिरोले गाउँ नै बगाउने सम्भावना रहेको भन्दै उनले खबरदारी समेत गरिन्। 

‘यो अवधिमा म संघ र प्रदेशको भौतिक मन्त्रालयमा बारम्बार फलो अप गरिरहेको छु। कहिले म्याद थप त कहिले हस्तान्तरण भन्दै संघले प्रदेशको र प्रदेशले संघको जिम्मेवारी देखाएर पास–पास खेलिरहेका छन्,’

उनले त्यहाँको सडक नबनेर कुनै जनधनको क्षति भएको खण्डमा त्यसको जिम्मेवार सरकार हुनुपर्ने पनि बताइन्। 

‘भोलि त्यहाा दुर्घटना भएर कुनै जन धनको क्षति भयो भने म भन्न चाहन्छु खबरदार सरकार! त्यो मृत्यु हैन राज्यद्वारा गरिएको हत्या हुनेछ,’ उनले भनिन्।

उनले अहिलेको प्रदेश संरचनाप्रति समेत आक्रो पोखिन्। 

‘यदी संविधानले परिकल्पना गरेको संघीयता यस्तै हो, आलटाल गरेर जनताले दुःख माथि दुःख पाउने हो भने यस्तो प्रकारको संघीयता, यस्तो प्रकारको प्रदेशको संरचना हामीलाई चाहिँदैन,’ उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .