अमेरिकी राष्ट्रपति जो बाइडेनको कुकुरले यूएस सिक्रेट सर्भिसका एजेन्टलाई २४ पटक टोकेको बताइएको छ।
सिक्रेट सर्भिसको रेकर्डले सो जर्मन सेफर्डले राष्ट्रपतिका सुरक्षा गार्डहरुलाई सताएको खुलासा गरेको हो।
सुरक्षा गार्डलाई टोकेको घटना बाहिरिएपछि कमान्डर नामक सो कुकुरलाई ह्वाइट हाउसबाट हटाइएको थियो।
तर, कुकुरले टोकेका एजेन्टहरुको नाम खुलाइएको छैन। यो घटना अक्टोबर २०२२ देखि जुलाई २०२३ सम्मको हो।
सो कुकुरले एजेन्टबाहेक ह्वाइट हाउस र मेरिल्यान्डस्थित क्याम्प डेविडमा काम गर्ने कर्मचारीलाई पनि टोकेको थियो।
गत अक्टोबरमा सो कुकुरलाई ह्वाइट हाउसबाट हटाइएको थियो।
अमेरिकाका नेताहरुका साथै वित्तीय तथा महत्वपूर्ण पूर्वाधारको सुरक्षाको जिम्मा सिक्रेट सर्भिसलाई दिइएको हुन्छ। एजेन्सी
84
Shares
प्रतिक्रिया