ad ad

ग्लोबल


चीनमा घुस लिएको आरोपमा बैंकका पूर्वप्रमुखलाई मृत्युदण्ड

चीनमा घुस लिएको आरोपमा बैंकका पूर्वप्रमुखलाई मृत्युदण्ड

नेपालखबर
माघ २२, २०८० सोमबार २०:६, काठमाडौँ

वित्तीय क्षेत्रमा भ्रष्टाचारविरुद्धको कारवाहीमा पछिल्लो निर्णयका रूपमा राज्यसमर्थित चिनियाँ बैंकका पूर्वप्रमुखलाई घुस लिएको आरोपमा निलम्बित मृत्युदण्डको सजाय दिइएको छ। 

सोमबार चाइना मर्चेन्ट्स बैंकका पूर्वअध्यक्ष तियान ह्युईलाई दुई वर्षको राहतसँगै मृत्युदण्डको सजाय सुनाइएको छ।

दुई वर्षपछि मृत्युदण्डको सजायलाई आजीवन कारावासमा परिणत गर्न सकिनेछ । सरकारी प्रसारक सिसिटिभीका अनुसार तियानलाई ‘घुस स्वीकार गरेको’ दोषी पाइएको छ।

चीनका राष्ट्रपति सि जिनपिङले एक दशकअघि सत्तामा आएदेखि नै गहिरो तहमा रहेको भ्रष्टाचारविरुद्ध व्यापक अभियान चलाइरहेका छन्।

यद्यपि आलोचकहरूले उक्त नीतिले उनलाई राजनीतिक प्रतिद्वन्द्वीहरूलाई समाप्त गर्न सहयोग पुगेको बताएका छन्। 

उनलाई दशकौँसम्म ‘राज्यको स्वामित्वमा रहेको कम्पनीका कर्मचारीहरूको शक्तिको दुरुपयोग गरेको, अज्ञात जानकारीको व्यापार गरेको, भित्री व्यापार गरेको र आन्तरिक जानकारी चुहाएको’ दोषी पाइएको छ। 

भ्रष्टाचारविरोधी अभियानले आफ्नो ध्यान मुलुकका केही प्रमुख फाइनान्सरहरूमाथि केन्द्रित गरेपछि तियान पहिलोपटक सन् २०२२ अप्रिलमा सार्वजनिक अनुसन्धानको दायरामा आएका थिए।

डिसेम्बरमा चाइना डेभलपमेन्ट बैंकका पूर्वउपाध्यक्ष झोउ किङ्युलाई घुस लिएको आशङ्कामा पक्राउ गरिएको थियो। 

जनवरीमा राज्यको स्वामित्वमा रहेको चिनियाँ बैङ्किङ एभरब्राइट ग्रुपका पूर्वअध्यक्षलाई भ्रष्टाचार र घुस लिएको आशङ्का पक्राउ गरिएको थियो।

यसका अतिरिक्त गत महिना चाइना डेभलपमेन्ट बैंकका पूर्वशीर्ष कार्यकारी हे जिङजियाङलाई घुस लिएको आरोपमा २० वर्षको कारगार सजाय दिइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .