ad ad

ग्लोबल


पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

नेपालखबर
माघ १६, २०८० मंगलबार १३:५६,

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अदालतले १० वर्षको सजाय सुनाएको छ। उनीमाथि राज्यको गुप्त सूचना चुहाएको आरोप लागेको थियो।

प्रधानमन्त्रीबाछ २०२२ मा पदच्युत गरिएका उनी हाल जेलमै छन्। भ्रष्टाचार आरोपमा उनलाई तीन वर्षको सजाय दिइएको थियो।

आफूमाथिका आरोपहरु राजनीतिप्रेरित भएको उनको भनाइ छ।

आमचुनावको मुखैमा उनलाई लामो समयका लागि जेल सजाय सुनाइएको हो। 

यसअघि नै उनलाई चुनावमा उठ्न प्रतिबन्ध लगाइएको थियो भने उनको पार्टीको चुनावी चिह्न पनि खोसिएको थियो।

पूर्वविदेशमन्त्री तथा खानको पार्टी पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) का उपाध्याक्ष शाह महमुद कुरेसीलाई पनि विशेष अदालतले १० वर्षको सजाय सुनाएको हो।

उनीहरुमाथि अमेरिकाका लागि पाकिस्तानी राजदूतले वासिङ्टनबाट इस्लामाबाद पठाएको गुप्त कूटनीतिक सन्देश चुहाएको आरोप लगाइएको छ।

पदच्युत हुनुभन्दा एक महिनाअघि मार्च २०२२ मा खानले एक सम्बोधनका क्रममा आफूविरुद्ध विदेशी षड्यन्त्र भइरहेको बताउँदै मञ्चमा एउटा कागजात देखाएका थिए। उनले कुनै मुलुकको नाम नलिए पनि अमेरिकाको चर्को आलोचना गरेका थिए।

अभियोक्ताहरुले खानको सो काम गुप्त दस्तावेज चुहाउनुबराबर रहेको र त्यसले कूटनीतिक सम्बन्ध बिगारेको दाबी गरेका छन्।

यो मुद्दा केही महिनादेखि खान रहेकै जेलभित्र खडा गरिएको विशेष अदालतमा सुनुवाइ भइरहेको थियो। जहाँ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जान दिइएको छैन। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .