ad ad

ग्लोबल


थाइल्यान्डको पटका कारखाना विस्फोटमा कम्तीमा २३ को मृत्यु

थाइल्यान्डको पटका कारखाना विस्फोटमा कम्तीमा २३ को मृत्यु

नेपालखबर
माघ ३, २०८० बुधबार १९:४०, काठमाडौँ

मध्य थाइल्यान्डमा एउटा पटका कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ। 

स्थानीय उद्धार सेवाले साझा गरेको तस्बिरहरूमा जमिनमा धातुको फोहोर र कालो धुवाँको मुस्लो देखिएको छ। विस्फोट स्थानीय समयअनुसार दिउँसो ३ बजे मध्य सुफान बुरी प्रान्तको साला खाओ टाउनसिप नजिक भएको हो। 

सुफान बुरी प्रान्तका गभर्नर नट्टापट सुवानप्रतिपले विस्फोटक अध्यादेश डिस्पोजल समूह (इओडी) लाई उद्धृत गर्दै एएफपीलाई भने,‘हामीले इओडी टोलीबाट २३ जनाको मृत्यु पुष्टि भएको रिपोर्ट प्राप्त गरेका छौँ।’ विस्फोटका कारणबारे कुनै सङ्केत प्राप्त भएको छैन।

यद्यपि नट्टापटले के कारणले विस्फोट भएको हो भन्नेबारे अधिकारीहरूले अनुसन्धान गरिरहेको जानकारी दिए।

‘कारखाना वैध लाइसेन्सका साथ कानूनीरूपमा सञ्चालन भइरहेको थियो’, उनले भने। प्रहरी अधिकारीहरूका अनुसार छेउछाउका क्षेत्रमा कुनै क्षति भएको छैन।

‘विस्फोटबाट एउटा घरको सिसाको झ्याल फुटेको छ तर अन्य कुनै रिपोर्ट प्राप्त भएको छैन’, नट्टापटले भने 

लेफ्टिनेन्ट जनरल नैयावत फडेमचिडले घटनाबारे प्रधानमन्त्री श्रेथा थविसिनलाई जानकारी गराइएको बताए। प्रधानमन्त्री श्रेथा अहिले विश्व आर्थिक मञ्चका लागि स्विट्जरल्यान्डमा छन्।

तल्लो पश्चिमी थाइल्यान्डका लागि जिम्मेबार प्रहरी अधिकारीले भने,‘२० जनाको मृत्यु भएको अनुमान छ तर हामी मृत्यु हुनेहरूको आधिकारिक सङ्ख्या पुष्टि गर्न सक्तैनौँ।’ 

उनले धेरै विवरण नखुलाई अधिकारीहरूले वरपरका क्षेत्रलाई सिल गरिरहेको र स्थिति सामान्य भएपछि शवको पहिचान गर्ने जानकारी दिए।‘यस कारखानामा प्रतिदिन औसत २० देखि ३० जनाले काम गर्ने गर्दथे’, उनले भने। 

अनलाइन पोस्ट गरिएको आधिकारिक वयानमा प्रधानमन्त्री श्रेथाले मृतकका परिवारप्रति दुःख व्यक्त गरे। उनले कारखाना अवैधरूपमा सञ्चालन भइरहेको थियो वा थिएन र घटनाको कारणबारे पनि छानबिन गर्न आदेश दिए। 

थाइल्यान्डमा पटका र अन्य आतशबाजी उत्पादन गर्ने कारखानाहरूमा विस्फोट असामान्य होइन। गत वर्ष दक्षिणी नाराथिवाट प्रान्तको सुङ्गई कोलोक सहरमा एउटा आतशबाजीको गोदाममा विस्फोटपछि कम्तीमा १० जनाको मृत्यु भएको थियो। 

विस्फोट भवनमा निर्माण कार्यका क्रममा वेल्डिङका कारण भएको थियो र प्रहरीले पछि लापरवाही गरेको आरोपमा कारखाना मालिकलाई खोजी गरेको थियो। गत वर्ष उत्तरी सहर चियाङ माईमा एउटा पटका कारखानामा विस्फोट हुँदा ११ जना घाइते भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .