ad ad

ग्लोबल


जापानको एयरपोर्टमा फेरि ठोक्किए दुई यात्रुवाहक जहाज

जापानको एयरपोर्टमा फेरि ठोक्किए दुई यात्रुवाहक जहाज

नेपालखबर
माघ २, २०८० मंगलबार १७:४८, काठमाडौँ

जापानको विमानस्थलमा फेरि दुई जहाज ठोक्किएका छन्। २ जनवरीमा टोक्योको एक एयरपोर्टमा दुई जहाज जुध्दा ५ जनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै अर्को दुर्घटना भएको हो। 

जापानको सरकारी सञ्चारमाध्यम एनएचकेका अनुसार होक्काइडोको न्यू चितोस एयरपोर्टमा स्थानीय समयअनुसार साढे ५ बजे यो दुर्घटना भएको हो। 

तर पनि यो दुर्घटनामा कुनै हातहती भएको छैन।

एनचकेका अनुसार यो दुर्घटना होक्काइडो एयरपोर्टमा दक्षिण कोरियाको कोरियन एयर र हङकङको क्याथे प्यासिफिकको विमान जुध्दा भएको हो। 

समाचार एजेन्सी रोयटर्सले कोरियन एयरका अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार यस एयरपोर्टमा उडान भर्ने क्रममा उसको एक जहाज क्याथे प्यासिफिक एयरवेजको जहाजसँग ठोक्किएको हो। कोरियन एयरको जहाजमा २८९ यात्रु सवार थिए। 

उता क्याथे प्यासिफिकलाई उद्धृत गर्दै एनएचकेले जनाएअनुसार कोरियन एयरसँग ठक्कर खाँदा जहाजमा कोही यात्रु थिएनन्।

यस घटनापछि न्यू चितोस एयरपोर्टबाट हुने कयौँ जहाजको उडान मंगलबारलाई रद्द गरिएको छ।

२ जनवरीमा जापानको हनेडा एयरपोर्टमा दुई विमान जुध्दा जापानी कोस्ट गार्डका ६ जना अधिकारीको ज्यान गएको थियो। 

त्यसबेला जापान एयरलाइन्सको जहाज अवतरणका क्रममा रनवेमा रहेको कोस्ट गार्डको विमानसँग ठोक्किएको थियो। त्यसपछि दुवै विमानमा भीषण आगो लागेको थियो। 

त्यसबेला जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई सुरक्षित बाहिर निकालिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .