ad ad

ग्लोबल


आयोवा ककसमा ट्रम्पको फराकिलो जित

आयोवा ककसमा ट्रम्पको फराकिलो जित

नेपालखबर
माघ २, २०८० मंगलबार १७:४८,

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आयोवा राज्यको ककसमा फराकिलो अन्तरले जित हात पारेका छन्। यससँगै रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार बन्ने दिशामा उनले बलियो पकड बनाएका छन्।

ट्रम्प ५१ प्रतिशतभन्दा ज्यादा मतका साथ विजय भएका हुन्। निकटतम प्रतिद्वन्द्वी रन डेसान्टिसले मात्र २१ प्रतिशत मत पाए। तेस्रो स्थानमा रहेकी निक्की हेलीले १९ प्रतिशत मत पाइन्।

‘मलाई लाग्छ, हाम्रो देशका सबै जना एकैठाउँ उभिने बेला हो यो,’ विजयपछि ट्रम्पले भने। उनले प्रतिस्पर्धीहरुलाई अरुबेलाजस्तो आलोचना पनि गरेनन्।

उनले आयोवा ककसमा हालसम्मकै बढी मत पाएका हुन्। यसअघि सन् २००० मा जर्ज डब्ल्यू बसुले ४१ प्रतिशत मत पाएका थिए।

खास प्रतिस्पर्धा भने दोस्रो र तेस्रो स्थानका लागि देखिएको छ।

यो मतदानले जुलाईमा हुने रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनका लागि ४० प्रतिनिधि तय गरेको छ।

ककसपछि उम्मेदवारीका लागि दाबी गरिरहेका विवेक रामास्वामीले प्रतिस्पर्धा छाडेका छन्। ८ प्रतिशतभन्दा कम मत पाएका उनले ट्रम्पलाई समर्थन गर्दै चुनावबाट हात झिेका हुन्।

अब ट्रम्प, डेसान्टिस र हेलीले आफ्नो ध्यान न्यु ह्याम्पसायरमा केन्द्रित गर्नेछन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .