ad ad

ग्लोबल


चीनमा उच्च गति रेलवे सञ्जाल ४५ हजार किलोमिटर पुग्यो

चीनमा उच्च गति रेलवे सञ्जाल ४५ हजार किलोमिटर पुग्यो

रासस
पुस २४, २०८० मंगलबार १७:५६, काठमाडौँ

चीनमा सञ्चालित उच्च–गति रेलवेको सन् २०२३ को अन्त्यसम्म ४५ हजार किलोमिटर ट्रयाक निर्माण पूरा भएको राष्ट्रिय रेल अपरेटरले मङ्गलबार जनाएको छ।

चाइना स्टेट रेलवे कम्पनी लिमिटेडका अनुसार चीनको रेलवे सञ्जालको सञ्चालनको माइलेज एक लाख ५९ हजार किलोमिटर छ। 

चीनको  रेल क्षेत्रमा  लगानी १०७.७ बिलियन अमेरिकी डलर पुगेको देखिन्छ  जुन अघिल्लो  वर्षको तुलानामा ७.५ प्रतिशतले बढी हो। 

सन् २०२३ मा कुल ३ हजार ६३७ किलोमिटर नयाँ ट्र्याकहरू सञ्चालनमा आएका छन् ।  जसमा २ हजार ७७६ किलोमिटर उच्च–गति रेलवेहरू समावेश छन्।

गत वर्ष चीनको रेल पूर्वाधार निर्माणमा ३४ वटा परियोजनाको निर्माण र सञ्चालन, १०२ वटा रेलवे स्टेशनमा सेवाको शुरुवात् तथा निर्माणाधीन  ११२ वटा परियोजनाको प्रगति समावेश रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .