हङकङ : अपाङ्गता सहायता योजनाका आवेदकको नाम सार्वजनिक गर्ने कर्मचारीको जागिर गयो

हङकङ : अपाङ्गता सहायता योजनाका आवेदकको नाम सार्वजनिक गर्ने कर्मचारीको जागिर गयो

सांकेतिक तस्बिर (सटरस्टक)


नेपालखबर
पुस २४, २०८० मंगलबार १८:१३, हङकङ

हङकङको समाज कल्याण विभाग (सोसल वेलफेयर डिपार्टमेन्ट–एसडब्लूडी)ले अपाङ्गता सहायता योजनाका आवेदकको नाम सार्वजनिक गरेको आरोपमा एक कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ।

एसडब्लूडीले गम्भीर अपाङ्गता भएका व्यक्तिका लागि विशेष हेरचाह सहायता योजनाका १३ सय आवेदकको अ‌ंग्रेजी नाम इन्टरनेटमा ‘लिक’ गरेको भन्दै उक्त कर्मचारीलाई सेवाबाट हटाएको हो।

विभागले यस सम्बन्धमा सार्वजनिक माफी समेत मागेको छ भने गोपनीयता आयुक्त (प्राइभेसी कमिसनार)को कार्यालयमा रिपोर्ट गरिसकेको जनाएको छ।

विभागले घटनाबाट प्रभावित व्यक्तिलाई पत्र लेख्नुका साथै फोनमार्फत सम्पर्क गरी स्पष्टीकरण दिएको द स्ट्यान्डर्डले उल्लेख गरेको छ।

परिचय पत्र नम्बर, जन्म मिति, सम्पर्क नम्बर जस्ता अन्य पहिचानयोग्य व्यक्तिगत विवरण नखुलाईकन अंग्रेजी नाम मात्रै ‘लिक’ गरिएको भए पनि ठगीबाट बच्न सम्बन्धित व्यक्तिलाई कार्यालयले अपिल गरेको छ।

व्यक्तिगत गोपनीयतालाई विभागले ठूलो महत्त्व दिने बताउँदै सम्बन्धित कर्मचारीको सेवा सम्झौता खारेज गरिएको विभागको जानकारीमा उल्लेख छ।

विभागले कर्मचारीहरूलाई विभागीय निर्देशन पालना गर्न र जनतासँग सम्बन्धित व्यक्तिगत विवरणमा सावधानी अपनाउन निर्देशन दिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .