ad ad

ग्लोबल


हमासद्वारा इजरायलमा धेरैवटा रकेट प्रहार

हमासद्वारा इजरायलमा धेरैवटा रकेट प्रहार

फाइल फाेटाे


नेपालखबर
पुस ५, २०८० बिहिबार २१:७, काठमाडौँ

हमासले गाजापट्टीबाट इजरायलको तेल अभिभमा धेरैवटा रकेट प्रहार गरेको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार तेल अभिभमा साइरन बजेपछि मानिसहरूले बम सेल्टरमा शरण लिनुपरेको थियो।

इजरायलको ड्रोन प्रणालीले रकेटहरू हावामा खसाल्यो र कुनै हताहतको रिपोर्ट छैन।

यसैबीच इजरायली सेनाले पछिल्लो २४ घण्टामा गाजाका ३ सयभन्दा बढी लक्ष्यमा आक्रमण गरेको बताएको छ।

गाजामा इजरायल–हमास युद्ध सुरु भएको दुई महिनाभन्दा बढी भइसकेको छ। यस द्वन्द्वमा गाजामा हालसम्म १९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। अमेरिका, बेलायत, फ्रान्सलगायत धेरै देशले इजरायललाई युद्धविरामका लागि दबाब दिइरहेका छन्।

यसैबीच, लेबनानको इरान समर्थित हिजबुल्लाहले आफ्ना सहरहरूमा राति रकेट आक्रमण गरेको छ। यी आक्रमण उत्तरी इजरायलका किरियत शमोना र अन्य सहरूमा गरिएका छन्। 

सोमबार इजरायल र लेबनानको सीमामा दुई पक्षबीच गोली हानाहान भएको थियो। अर्कातर्फ हिजबुल्लाहले इजरायलले लगातार लेबनानी गाउँलाई निशाना बनारहेकाले जवाफमा रकेट आक्रमण गरिएको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .