ad ad

कारोबार


हिमालयन बैंक भिसा लिडरसिप कन्क्लेभ नेपालमा सम्मानित

हिमालयन बैंक भिसा लिडरसिप कन्क्लेभ नेपालमा सम्मानित

नेपालखबर
पुस ५, २०८० बिहिबार २१:१५, काठमाडौँ

हिमालयन बैंक भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२३ मा सम्मानित भएको छ।

विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्सप्रेस, जेसीबी, मास्टरकार्ड, युनियन पे एवं भिसा स्वीकार गर्ने एकमात्र बैंक हिमालयन बैंकले ‘एक्सिलेन्स इन पीओएस एक्वेरिङ बिजनेस २०२३’ र ‘एक्सिलेन्स इन कन्ज्युमर कार्ड प्रिपेड २०२३ पुरस्कार प्राप्त गरेको छ।

भिसाद्वारा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र, नेपालका लागि भिसाका प्रतिनिधि वासु सौम्य लगायतको उपस्थितमा बैंकलाई दुवै अवार्ड प्रदान गरि सम्मान गरिएको थियो।

बैंकले विगतदेखिनै यो विधामा अवार्ड जित्दै आएको छ। विश्वभर प्रचलनमा रहेका प्रसिद्ध कार्ड ब्राण्डहरु आफ्नो एटीएम, पोस तथा इ–कमर्स गेटवेमार्फत स्वीकार गर्ने भएकाले स्वदेशी तथा विदेशी ग्राहकलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हुँदै आएको बैंकले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .