ad ad

ग्लोबल


‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिमलाई विष खुवाएर मारिएको हो?

‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिमलाई विष खुवाएर मारिएको हो?

फाइल फाेटाे : अन्डरवर्ल्ड डन दाउद इब्राहिम


नेपालखबर
पुस २, २०८० सोमबार १३:२२, काठमाडौँ

पाकिस्तानको कराँचीमा अन्डरवर्ल्ड डन दाउद इब्राहिम मारिएको खबर सार्वजनिक भएको छ। शुक्रबार राति कराँचीस्थित अस्पतालमा भर्ना भएका दाउद इब्राहिमलाई विष दिएर मारिएको चर्चा छ।

यति मात्र होइन, यसपछि दाउद इब्राहिमका नजिकका नातेदार तथा पूर्व क्रिकेटर जावेद मियाँदादसहित सम्पूर्ण परिवारलाई घरमै नजरबन्द गरिएको बताइएको छ। साथै पाकिस्तानमा इन्टरनेट सेवा पनि बन्द गरिएको छ। तर दाउदको मृत्युको आधिकारिक जानकारी आएको छैन। 

पाकिस्तानका स्रोतहरूले विष खुवाएर दाउद इब्राहिमको मृत्यु भएको चर्चाको पुष्टि गरेको भारतीय पत्रिका अमरउजाला डटकमले दाबी गरेको छ।  तर, रक्षा विज्ञहरूले भने पाकिस्तानले यस मामिलामा कहिल्यै सत्य नबोल्ने बताएको समाचारमा उल्लेख गरिएको छ। 

मिर्गौला उपचार गराइरहेका थिए
पाकिस्तानका मिडियामा भारतका मोस्ट वान्टेड आतंकवादी दाउद इब्राहिमको कराँचीमा विष खुवाएर हत्या भएको चर्चा चलिरहेको छ। अंडरवर्ल्ड माफिया डन दाउद इब्राहिम केही समयदेखि कराचीको मुमताज अस्पतालमा आफ्नो गम्भीर मिर्गाैला रोगको उपचार गराइरहेका थिए।

यसैबीच शुक्रबार साँझ अस्पतालको एक युनिटमा भर्ना हुने क्रममा उनलाई विष खुवाएर मारिएको हो। दाउद इब्राहिमको मृत्युको खबर सामाजिक सञ्जालमार्फत पाकिस्तानका विभिन्न पत्रकारसम्म पनि पुगेका छन्।

कराचीमा रहेका एक वरिष्ठ पत्रकारले आफूसँग दाउद इब्राहिम मारिएको चर्चाको पुष्टि गरेको अमर उजाला डट कमले दाबी गरेको छ। तर यसको आधिकारिक रूपमा पुष्टि हुन बाँकी रहेको जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .