इजरायली सेनाले हमासले अक्टोबर ७ मा बन्धक बनाएकामध्ये ३ जनाको शव फेला पारेको बताएको छ। गाजामा भीषण बमबारी र ठूलो मानवीय क्षतिका बीच उनीहरुको शव भेटिएको हो।
दुई इजरायली सैनिक निक बेजर र रन सेचरम्यानको शव भेटिएको छ।
केही घण्टाअघि मात्र इजरायली सेनाले २८ वर्षीया एलिया तोलेदानोको शव फेला परेको बताएको थियो। उनी सुपरनोभा म्युजिक फेस्टिवलबाट हमासको कब्जामा परेकी थिइन्।
यसअघि हमासले कैदी साटफेरका लागि इजरायल तयार नभए र युद्ध जारी राखे कोही पनि बन्धक जिउँदो नबच्ने धम्की दिएको थियो।
उनीसँगै बन्धक बनेकी एक युवतीलाई भने अस्थायी युद्धविरामका बीच हमासले मुक्त गरिदिएको थियो।
नेपाली युवा विपिन जोशीलाई हमासको नियन्त्रणबाट छुटाउन प्रयास हालसम्म सफल हुन सकेको छैन।
इजरायलको बमबारीबाट दैनिक ठूलो संख्यामा मानिसहरु मारिइरहेका छन्। अस्पताल र शरणार्थी शिविरमा समेत आक्रमण भइरहेको बताइएको छ।
Shares
प्रतिक्रिया