ग्लोबल


भाजपाले जितेको मध्यप्रदेशमा मुख्यमन्त्री बन्दै मोहन यादव

भाजपाले जितेको मध्यप्रदेशमा मुख्यमन्त्री बन्दै मोहन यादव

नेपालखबर
मंसिर २५, २०८० सोमबार १७:१२, काठमाडौँ

हालै भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले जितेको मध्येप्रदेश राज्यमा मोहन यादव नयाँ मुख्यमन्त्री हुने भएका छन्।

भाजपा विधायक दलको सोमबार बसेको बैठकपछि उज्जैन दक्षिणबाट विधायक बनेका यादव मुख्यमन्त्री हुने भएका हुन्। 

भोपालस्थित ‌भाजपा प्रदेश कार्यालयमा पार्टीका विधायक दलको बैठकबाट उनको नाम पक्का भएको हो। मोहन यादव ओबीसी वर्गबाट प्रतिनिधित्व गर्छन्। 

यो बैठकमा वर्तमान मुख्यमन्त्री शिवराज सिंह चौहानले भावी मुख्यमन्त्रीका रुपमा यादवको नाम अघि सारेका थिए। जसमा भाजपा बैठकले मञ्जुरी दिएको हो। 

मध्य प्रदेशमा भाजापले विधानसभा चुनावमा प्रचण्ड बहुमत हासिल गरेको थियो। मध्येप्रदेशमा कांग्रेस र भाजपाबीच कडा टक्कर हुने बताइएको थियो। तर भाजपाले एकपक्षीय नतिजा निकाल्यो।

भाजपाले हालै भएको विधानसभा निर्वाचनमा १६ सिटसहित प्रचण्ड बहुमत ल्याएको थियो। उता उसलाई टक्कर दिने भनिएको कांग्रेस ६० सिटमा समेटिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .