इजयरायली सेनाका एक पूर्व डेपुटी कमान्डरले हमाससँगको युद्ध अझै दुई महिना लम्बिन सक्ने बताएका छन्।
उनले गाजामा इजरायलले हमासबाट स्वतन्त्र दिलाउने पनि जिकिर गरेका छन्।
गाजा डिभिजनका अवकाश प्राप्त डेपुटी कमान्डर आमिर अबिबीले बीबीसीसँग कुराकानीका क्रममा भने, 'हामी युद्धको एक बिन्दुमा छौँ, जहाँ कयौँ आतंकवादीले आत्मसमर्पण गरिरहेका छन्।'
उनले एक या दुई सातामा इजरायली डिफेन्स फोर्सले गाजापट्टीको उत्तरी क्षेत्रमा पूरै नियन्त्रण गर्ने पनि बताएका छन्।
अवकाशप्राप्त कमान्डरले भने, 'यो एकदमै बाक्लो जनसंख्या भएकव क्षेत्र हो। यो हमासको मजबुत गढ पनि हो। तर भौगोलिक रुपमा गाजा क्षेत्रको यो केबल २० प्रतिशत भूभाग हो। तर हामी अब अहम सफलतामा छौँ।'
अबिबीले अहिले खान युनिसनजिकै ठूलो लडाइँ जारी रहेको पनि बताएका छन्।
अभियानलाई लिएर उनले इजरायलले गाजालाई सदाका लागि स्वतन्त्र दिलाउने पनि बताए।
हमासले ७ अक्टोबरमा इजरायलमा हमला गरेको थियो। त्यसयता गाजामा हमासविरुद्ध अभियान चलाइरहेको छ।
Shares

प्रतिक्रिया