यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दुई कदम’ले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ।
फिल्मले सोमबार केन्द्रीय चलचित्र जाँच समितिबाट १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकका साथ फिल्म हेर्ने गरी ‘पीजी’ सर्टिफिकेट पाएको हो।
उदय सुब्बाको निर्देशन रहेको फिल्ममा इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल र प्रीतिका शर्माको अभिनय छ।
फिल्मको एक गीतमा विल्सनविक्रम राई, वर्षा शिवाकोटी र गीता ढुंगानालाई पनि देख्न सकिन्छ।
फिल्ममा दयाराम घिमिरेको पटकथा, विक्रम डिसीको छायांकन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, ताराप्रकाश लिम्बू, आशीष अविरल र विकास चौधरीको संगीत, र राजु किरातीको द्वन्द्व निर्देशन छ।
Shares

प्रतिक्रिया