अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेइले पदभार ग्रहण गरेका छन्। उनी उदारवादी राजनीतिज्ञ एवं अर्थशास्त्रीका रूपमा परिचित छन्।
देशको राजधानी ब्युनस आयर्समा आइतबार आयोजित एक समारोहमा उनले राष्ट्रपतिको पदभार ग्रहण गरेका हुन्।
निवर्तमान राष्ट्रपति अल्बर्टो फर्नान्डेजले राष्ट्रपतिको पदभार हस्तान्तरण गर्दै मिलेइलाई बधाई दिएका छन्।
मिलेइको कार्यकाल १० डिसेम्बर २०२७ (चार वर्ष) सम्म रहनेछ। यसैगरी, भिक्टोरिया भिल्लारुएलले उपराष्ट्रपतिको शपथ ग्रहण गरेकी छन्। -सिन्ह्वा
18
Shares

प्रतिक्रिया