ad ad

ग्लोबल


पाँचौँ पटक राष्ट्रपतिमा उठ्दै भ्लादिमिर पुटिन

पाँचौँ पटक राष्ट्रपतिमा उठ्दै भ्लादिमिर पुटिन

नेपालखबर
मंसिर २३, २०८० शनिबार १७:२१,

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पाँचौँ कार्यकालका लागि चुनावमा उठ्ने भएका छन्। युक्रेन युद्धमा सहभागी भएकाहरुलाई पुरस्कृत गर्न आयोजित एक समारोहमा उनले फेरि चुनावमा उठ्ने घोषणा गरेका हुन्।

केही दिनअघि मात्र रुसमा २०२४ को मार्च १५–१७ मा राष्ट्रपतीय निर्वाचन हुने घोषणा गरिएको थियो।

उसो त ७१ वर्षीय पुटिनलाई यो चुनावमा पनि निर्विकल्प नेताका रुपमा हेरिएको थियो। रुसमा विपक्षी पार्टीहरुको अस्तित्व नाम मात्रको छ भने सञ्चारमाध्यम पूर्णतः पुटिनकै नियन्त्रणमा छ।

सन् २००० देखि २००८ सम्म दुई कार्यकाल पुटिन राष्ट्रपति थिए। त्यसपछि एक पटक प्रधानमन्त्री बनेका उनी २०१२ मा पुनः राष्ट्रपति बने। त्यसयता उनी सो पदमा बहाल छन्। 

यसको अर्थ उनी जोसेफ स्टालिनयता सबैभन्दा लामो समय सत्तामा बसिसकेका छन्।

सन् २०२० मा संविधान संशोधन गरेर राष्ट्रपतिको कार्यकाल ४ वर्षेबाट ६ वर्षे बनाइएको थियो। जसले उनलाई चुनावमा फेरि उठ्ने ढोका खोलेको थियो।

मार्चमा विजय भएपछि उनी २०३० सम्म सत्तामा रहनेछन्। त्यसपछि पनि उनले चाहेमा उठ्न सक्नेछन्।

पुटिनलाई १९९९ को अन्तिममा बिरामी बोरिस यल्तसिनले सत्ता हस्तान्तरण गरेका थिए। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .