ग्लोबल


तालिबानका राजदूतलाई मान्यता दिने पहिलो देश बन्यो चीन

तालिबानका राजदूतलाई मान्यता दिने पहिलो देश बन्यो चीन

नेपालखबर
मंसिर २०, २०८० बुधबार १२:२, काठमाडौँ

चीन तालिबान सरकारले तोकेका कूटनीतिज्ञलाई अफगानिस्तानका लागि राजदूतको हैसियत दिने पहिलो देश बनेको छ। 

बीबीसीका अनुसार चीनले तालिबान सरकारलाई वैध सरकारको मान्यता दिइसकेको छ। 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनलाई मंगलबार आयोजित पत्रकार सम्मेलनमा सोधिएको थियो- चीनले तालिबानलाई अफगानिस्तानको वैध सरकारको मान्यता दिएको हो?’ 

जवाफमा उनले भने, ‘चीन अफगानिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट बाहिर राख्नु हँदैन भन्ने मान्यता राख्छ।’ 

जब अगस्ट २०२१ मा अमेरिकी सेना फिर्ता भयो र तालिबान फेरि सत्तामा आयो, काबुलमा आफ्नो दूतावास कायम राख्नेमा पाकिस्तान र रुसपछि चीन तेस्रो देश बनेको थियो।

हालै भारतमा रहेका अफगानी दूतावास बन्द गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .