ad ad

ग्लोबल


वेस्ट बैंकमा इजरायली सेनासँगको झडपमा ७ प्यालेस्टिनीको मृत्यु

वेस्ट बैंकमा इजरायली सेनासँगको झडपमा ७ प्यालेस्टिनीको मृत्यु

नेपालखबर
मंसिर ११, २०८० सोमबार १२:५८,

वेस्ट बैंकमा इजरायली सैनिकसँगको झडपमा कम्तीमा सात जना प्यालेस्टिनीको मृत्यु भएको छ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जेनिन शरणार्थी शिविरमा रहेको एउटा घरमा इजरायली बम विष्फोटमा परी थप एक युवकको मृत्यु भएको जनाइएको छ।

केही घण्टाअघि जेनिनका विभिन्न स्थानमा मुठभेडका क्रममा इजरायली सेनाको गोलीबाट चार प्यालेस्टिनीको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

इजरायली सेनाले जेनिन शरणार्थी शिविरमा आफ्नो अपरेसनको क्रममा पाँच प्यालेस्टिनीको मृत्यु भएकफ बताएको छ।

अक्टोबर ७ मा इजरायल–प्यालेस्टाइन द्वन्द्वको नयाँ चरण सुरु भएदेखि वेस्ट बैंकमा इजरायलीबाट कम्तीमा २४० प्यालेस्टीनीको मृत्यु भएको छ। -सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .