ad ad

ग्लोबल


पाकिस्तानको सपिङ मलमा आगलागी हुँदा ११ जनाको मृत्यु

पाकिस्तानको सपिङ मलमा आगलागी हुँदा ११ जनाको मृत्यु

नेपालखबर
मंसिर १०, २०८० आइतबार १५:४३, काठमाडौँ

पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा रहेको एउटा सपिङ मलमा भएको भीषण आगलागीमा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन्।

कराँची पूर्वी जिल्लाका डेपुटी कमिश्नर अल्ताफ शेखले शनिवार भएको आगलागीबाट हालसम्म ११ जनाको मृत्यु भएको बताए।

बढी जलेको कारण तीन जनाको अवस्था गम्भीर छ।

दक्षिणी सिन्ध प्रान्तका कार्यवाहक मुख्यमन्त्री मकबुल बाकारले यस घटनाको निष्पक्ष छानबिन गर्न आदेश दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .