कतारको अदालतले ८ पूर्वभारतीय नाैसैनिकलाई दिन लागिएको मृत्युदण्डको सजायविरुद्धको निवेदन स्वीकार गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मुद्दा सुनुवाइको मिति पनि छिट्टै तय हुनेछ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले यही नोभेम्बर ९ तारिख पुनरावेदन दायर भएको जानकारी दिएका छन्।
गत अक्टोबर २६ मा कतारी अदालतले ८ पूर्व भारतीय नौसैनिकलाई मृत्युदण्डको सजाय सुनाएको छ। कतारले उनीहरूलार्य इजरायलका लागि जासुसी गरेको ठहर गरेको छ।
अल–जजिराको रिपोर्टअनुसार आठै जनाविरुद्ध कतारको पनडुब्बी परियोजनासँग सम्बन्धित जानकारी इजरायललाई दिएको अभियोग छ। तर कतारले उक्त आरोप सार्वजनिक गरेको छैन।
453
Shares
प्रतिक्रिया