ad ad

ग्लोबल


गाजामा मारिनेको संख्या १३ हजार नाघ्यो, ५५ सय बालबालिका : हमास

गाजामा मारिनेको संख्या १३ हजार नाघ्यो, ५५ सय बालबालिका : हमास

नेपालखबर
मंसिर ५, २०८० मंगलबार १९:५०, काठमाडौँ

इजरायल र हमासबीच सम्झौताबारे छलफल तीव्र भइरहेका बेला गाजामा जारी लडाइँ भने सुस्त भएको छैन।

इजरायली सेनाले अब दक्षिणी गाजामा हमासविरुद्धको कारबाहीलाई तीव्रता दिन चाहेको बताएको छ। इजरायलले यसअघि सर्वसाधारणलाई उत्तरी क्षेत्र छाडेर दक्षिणतर्फ जान आग्रह गरेको थियो। 

गाजामा मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ। गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले आफ्नो अभियान सुरु गरेदेखि अहिलेसम्म १३ हजार ३०० जनाको ज्यान गएको जनाएको छ। मृत्यु हुनेमा ५५०० भन्दा बढी बालबालिका थिए।

बीबीसीका अनुसार विश्व स्वास्थ्य सङ्गठनले यी तथ्याङ्कलाई विश्वसनीय मानेको जनाएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आइतबार भनेका छन्- सामान्य मानिसको मृत्युको तथ्यांक स्तब्ध पार्ने खालको छ र यो अवस्थालाई स्वीकार गर्न सकिँदैन।

हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो। जसमा १२ सयभन्दा बढीको मृत्यु भएको थियो। 

इजरायलले हमास लडाकुहरूले बन्धक बनाएकामध्ये ४० जना बालबालिका रहेको बताएको छ।

बेलायत, अमेरिका र युरोपेली संघले हमासलाई ‘आतंकवादी संगठन’ भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .