युद्धग्रस्त गाजाको अल शिफा अस्पतालमा समयअघि नै जन्मेका ३१ शिशुमध्ये २८ जनालाई इजिप्ट लगिएको छ।
बीबीसीका अनुसार विश्व स्वास्थ्य संगठनले यीमध्ये १२ जना बालबालिकालाई थप उपचारका लागि कायरो लगिएको छ। उनीहरूलाई ‘गम्भीर संक्रमण’ भएको बताइएको छ।
गाजाको इन्डोनेसियाली अस्पतालका निर्देशकले बीबीसीसँग भनेका छन्, ‘अझै पनि ‘रोकिँदै रोकिँदै गोलीबारी’ भइरहेको छ।
विश्व स्वास्थ्य संगठनले अस्पतालमा भएको आक्रमणलाई ‘भयानक’ भनेको छ, जसमा १२ जना मारिएका छन्।
अस्पताल प्रशासनले आक्रमण इजरायली सेनाले गरेको बताए पनि इजरायलले भवन भित्रबाट गोली चलाइएको दाबी गरेको छ।
गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले इजरायलको आक्रमणबाट हालसम्म १३ हजार ३ सय प्यालेस्टेनी मारिएको जनाएको छ।
जसमा ५ हजार ६ सय बालबालिका छन्।
66
Shares

प्रतिक्रिया