ad ad

ग्लोबल


सन् २०२३ को अन्त्यसम्म पृथ्वीको तापक्रम २.९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान

सन् २०२३ को अन्त्यसम्म पृथ्वीको तापक्रम २.९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०८० मंगलबार ८:३५, काठमाडौँ

संयुक्त राष्ट्रसंघले सन् २०२३ को अन्त्यसम्ममा पृथ्वीको तापक्रम वृद्धि २ दशमलव ९ डिग्री सेल्सियससम्म पुग्नसक्ने अनुमान गरेको छ।

पर्यावरण कार्यक्रमको वार्षिक उत्सर्जन रिक्तता रिपोर्ट जारी गर्दै संयुक्त राष्ट्रसंघले यस्तो अनुमान सार्वजनिक गरेको हो। 

दुबईमा कोप–२८ जलवायु वार्ताको ठिकअघि संयुक्त राष्ट्रसंघले पृथ्वीको तापक्रम वृद्धिले चुनौतिपूर्ण अवस्था सिर्जना हुनसक्ने अनुमान सार्वजनिक गरेको हो। 

कार्बन उत्सर्जन कटौती गर्ने देशहरूको योजनाबारे ध्यानाकर्षण गर्दै संयुक्त राष्ट्रसङ्घले पृथ्वीमा सन् २०२३ सम्ममा २ दशमलव ५ डिग्री सेल्सियसदेखि २ दशमलव ९ डिग्री सेल्सियस तापक्रम वृद्धि हुने जनाएको छ। 

प्रतिवेदनमा अहिलेसम्म तापक्रम वृद्धि रोक्न गरिएका प्रयास असफलतातर्फ उन्मुख रहेको उल्लेख गरिएको छ। 

अहिले पृथ्वीको वायुमण्डलको तापमानवृद्धि एक दशमलव ४ डिग्री सेल्सियस छ। संयुक्त राष्ट्रसङ्घले विश्वको तापक्रम वृद्धि एक दशमलव ५ डिग्री सेल्सियसमै सीमित गर्नुपर्ने बताउँदै आएको छ। 

विश्वका विकसित देशहरुको कारण कार्वन उत्सर्जन बढिरहेको निष्कर्ष वैज्ञानिकहरुले निकालेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .