ad ad

ग्लोबल


चीनले गर्‍यो समुन्द्रको निरीक्षण गर्ने उपग्रह प्रक्षेपण

चीनले गर्‍यो समुन्द्रको निरीक्षण गर्ने उपग्रह प्रक्षेपण

नेपालखबर
मंसिर २, २०८० शनिबार १५:३६, काठमाडौँ

चीनले नयाँ पुस्ताको समुन्द्री उपग्रह प्रक्षेपण गरेको छ।

चीनले नयाँ पुस्ताको महासागर रङ अनुगमन उपग्रह अन्तरिक्षमा पठाएको हो। जसले समुन्द्री पानीको सुधार गर्न मद्दत गर्दछ। यो विश्वको पहिलो उच्च परिशुद्धता महासागर रंग अवलोकन उपग्रह हो।

जसले विश्वभरका विभिन्न जल निकायहरूलाई लक्षित गर्दछ। यसले पानीको रंग, पानीको तापक्रम, समुन्द्री बरफ, निलम्वित पदार्थ र पानीको पारिस्थितिको बारेमा अनुसन्धान गर्नेछ। 

चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन अन्तर्गत पृथ्वी अवलोकन र डाटा केन्द्रका उपप्रमुख इन्जिनियर मेङ लिङ्जीले उपग्रहले चीनको मुख्य समुन्द्री मार्गहरूको लागि रिमोट सेन्सिङ सेवाहरू प्रदान गर्ने बताए। 

साथै माछा पालन स्रोतहरूको उपयोग र समुन्द्री प्रदूषण अनुगमनलाई बढावा दिने बताए।

यो उपग्रह उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहान ११ः५५ बजे (बेइजिङ समय) लङ मार्च–२सी क्यारियर रकेटद्वारा प्रक्षेपण गरिएको थियो। पछि यो सफलतापूर्वक योजनावद्ध कक्षमा प्रवेश गरेको थियो। (सिन्ह्वाको सहयोगमा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .